युक्रेन युद्धको विरोध गर्ने पत्रकार मारिनाले देश छाडिन् — OSNepal

युक्रेन युद्धको विरोध गर्ने पत्रकार मारिनाले देश छाडिन्

LC (KTM) October 18, 2022 0

मस्को, १ कात्तिक:-युक्रेन युद्धको विरोध गर्ने पत्रकार रुसबाट भागेकी छन् । राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेन आक्रमणको प्रत्यक्ष प्रसारणमा विरोध गर्ने पूर्व रुसी सरकारी टेलिभिजन पत्रकार मारिना ओभ्स्यानिकोभा वान्टेड सूचीमा परेपछि देश छाडेकी हुन् । मारिनाले देश छाडेको उनका वकिलले पुष्टि गरेका छन् । ‘ओभ्स्यान्निकोभा र उनकी छोरीले आफू नजरबन्दमा रहेको ठेगानाबाट निस्किएको केही घण्टापछि रुस छाडेकी हुन् । उनीहरू अहिले युरोपमा छन्’ ओभ्स्यानिकोभाका वकिल दिमित्री जाख्भाटोभले एएफपीलाई भने ‘उनीहरू ठीक छन्। तिनीहरू सार्वजनिक रूपमा कुरा गर्न नसकेसम्म पर्खिरहेका छन्, तर अहिलेको लागि यो सुरक्षित छैन’, उनले थपे। ।

‘पुटिन एक हत्यारा हुन । उनका सिपाहीहरू फासीवादी हुन्’ लेखिएको पोस्टर बोकेर क्रेमलिन नजिकै जुलाईको मध्यमा एक्लै विरोध प्रदर्शन गरेपछि उनलाई अगस्टदेखि घरमै नजरबन्द गरिएको थियो ।

च्यानल ओनकी पूर्व सम्पादक मारिनाले सन्ध्याकालीन समाचारको समयमा ‘नो वार’ लेखिएको पोस्टर देखाएकी थिइन् । कानून प्रवर्तनले ४४ वर्षीया मारिनालाई रुसी सशस्त्र सेनाको बारेमा गलत सूचना वितरण गरेको आरोप लगाएको थियो । उक्त आरोप पुष्टि भएमा उनलाई १० वर्षको वर्षको जेल सजाय हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर