सत्ता गठबन्धनबाट जनमोर्चा बाहिरिएको हो ? — OSNepal

सत्ता गठबन्धनबाट जनमोर्चा बाहिरिएको हो ?

LC (KTM) October 18, 2022 0

काठमाडौं, १ कार्तिक । सत्ता गठबन्धनले आज जारी गरेको संयुक्त अपीलमा राष्ट्रिय जनममोर्चाको भने हस्ताक्षर छैन । देशमा स्थिरता, विकास समृद्धिका गठबन्धनमा आवद्ध दलहरूलाई मतदान गर्न गठबन्धनले जारी गरेको विज्ञप्तीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको मात्रै हस्ताक्षर छ ।

हस्ताक्षर नभएको विषयमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने आफू बाग्लुङमा भएको र किन हस्ताक्षर भएन भन्ने थाहा नभएको बताए । उनले आफू चुनावी अभियानमा रहेको बताए । महिला फुटबलमा पुलिस फाइनल प्रवेश :प्रदेश एकलाई ३-० गोलले पराजित गर्दै नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको फाइनलमा पुगेको छ । पुलिसको जितमा रेखा पौडेल, निर्मला विक र निर्मला उपाध्यायले एक एक गोल गरे ।

मंगलबार स्याङ्जाको वालिङमा भएको खेलको १३औं मिनेटमा रेखाले गरेको गोलसँगै पुलिसले अग्रता लियो । १९औं मिनेटमा निर्मला बिकले गोल गर्दै पुलिसको अग्रता दोब्बर पाइन् । ८०औं मिनेटमा निर्मला उपाध्ययाले तेस्रो गोल गर्दै सहज जित दिलाइन् । जितसँगै फाइनलमा पुगेको पुलिसले कम्तिमा रजत पदक पक्का गरेको छ । मंगलबार नै हुने त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबबीचको सेमिफाइनलको विजेतासँग पुलिसले ३ कात्तिकमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर