नेकपा-माओवादी नेतृत्वको मोर्चा भावी रणनीति तय गर्दै



(एनपि न्यूज डटनेट) ०४ भदौ- सरकारसँग भएको वार्ता सकारात्मक रुपमा अघि बढ्न नसकेपछि नेकपा-माओवादी नेतृत्वको ३२ दलीय मोर्चाले हालसम्म भएका छलफलको समीक्षागर्दै भावी रणनीति तय गर्ने भएको छ । सरकारसँग दुई पटक भएको वार्ता दुवै पक्षको अडानका कारण निष्कर्षमा पुग्न नसकेपछि मोर्चाले आफ्ना माग र सरकारको अडानको बारेमा समीक्षा गर्ने भएको हो ।

भावी रणनीति तय गर्न आज मोर्चाको बैठक बस्दैछ । नेकपा-माओवादीको केन्दि्रय कार्यालय बुद्वनगरमा दिउासो तीन बजेपछि सुरु हुने बैठकमा सरकारसाग भइरहेको वार्ता र मोर्चाको वार्ता टोलीले राखेको अडानको बारेमा छलफल हुने छ । मोर्चामा सहभागी नेपाल क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले अहिलेसम्म मोर्चाले राखेको अडान र अपनाउन सकिने लचकताको बारेमा पनि बैठकमा छलफल हुने जानकारी दिनुभयो ।

हिजो सरकारसँग भएको वार्तामा मोर्चाले मंसिर ४ को चुनावको मिति सानुपर्ने, गैर दलीय सरकार विघटन, गोलमेच सम्मेलन मार्फत राष्ट्रिय सरकार गठन, चार राजनीतिक शक्तिबीचको ११ बुँदे सहमति र २५ बुादे बाधा अड्काउ फुकाउ खारेज लगायतका १८ बुँदे माग पूरा भए मात्रै संविधानसभाको चुनावमा जान सकिने बताएको थियो ।

सरकारले भने पूर्व निर्धारित मंसिर ४ को चुनाव सार्न नमिल्नेगरी छलफल गर्ने प्रस्ताव गरेका कारण बैठक निष्कर्षविहीन भएको थियो ।

Comment