प्रधानसेनापति शर्मा र अमेरिकी राजदूतबीच भेटवार्ता — OSNepal

प्रधानसेनापति शर्मा र अमेरिकी राजदूतबीच भेटवार्ता

LC (KTM) November 01, 2022 0

काठमाडौं, १५ कार्तिक:नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी राजदूत डिन रिचार्ड थम्पसनबीच भेटवार्ता भएको छ । उनीहरूबीच मंगलबार सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको हो । भेटमा दुईपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ । यस किसिमका भेटघाटले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास सेनाले लिएको छ ।

यो पनि :गृह जिल्ला डडेल्धुरा जान प्रधानमन्त्री देउवाले लिए निर्वाचन आयोगसँग सहमति :प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो निर्वाचन क्षेत्र ९डडेल्धुरा० जान निर्वाचन आयोगसँग सहमति लिएका छन् ।

मंगलबार आयोगलाई निवेदन लेख्दै प्रधानमन्त्री देउवाले आफ्नो निर्वाचन क्षेत्रमा जानका लागि अनुमति लिएका हुन् ।प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि हुने विभिन्न चुनावी कार्यक्रममा सहभागी हुनका लागि उनले अनुमति मागेको बताइएको छ । गृहजिल्ला जाँदा उनले कुन साधन प्रयोग गर्ने भन्नेबारे भने केही खुलाइएको छैन ।

प्रधानमन्त्री देउवाले १७ देखि २० कात्तिकसम्म डडेल्धुरा हुने विभिन्न कार्यक्रममा सहभागीता जनाउने छन् ।यसअघि देउवा स्थानीय निर्वाचनको प्रचारका लागि डडेलधुरा पुगेका थिए । त्यसयता भने उनी गृहजिल्ला पुगेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर