निर्वाचनमा बदर मत घटाउन वडास्तरमै मतदाता शिक्षा — OSNepal

निर्वाचनमा बदर मत घटाउन वडास्तरमै मतदाता शिक्षा

LC (KTM) November 02, 2022 0

दोधारा चाँदनी-आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा बदर मत घटाउन निर्वाचन आयोगले वडास्तरमै मतदाता शिक्षा कार्यक्रम गर्न लागेको छ ।जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जिल्लाका नौवटै स्थानीय तहसँग समन्वय गरेर मतदाता शिक्षाका लागि वडास्तरमै कर्मचारी खटाउने तयारी गरिरहेको जिल्ला निर्वाचन अधिकृत उदयराज जोशीले बताउनुभयो । “सबै स्थानीय तहबाट एक वडामा एक जना १० कक्षा उत्तीर्ण वा सोसरहको स्वाथ्यस्वयंसेविका खटाउने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “निर्वाचनका लागि सामग्री र जनशक्ति व्यवस्थापनमा समेत लागेका छौँ ।” उहाँले निर्वाचनमा खटिने जनशक्तिको व्यवस्थापन र तालिमको व्यवस्थासमेत गरिन लागेको बताउनुभयो ।

मतदाता शिक्षा प्रभावकारी बनाउनका लागि स्थानीय तह, जिल्लास्थित सरकारी कार्यालय, गैरसरकारी संस्था, नागरिक समाज तथा सरोकारवालासँग समन्वय र सहकार्य गर्ने उहाँले बताउनुभयो । त्यसैगरी जिल्ला सुरक्षा समितिले पनि मतदानस्थलको भौतिक स्थितिको स्थलगत अनुगमन गरेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जिल्लाका सबै सुरक्षा निकायका प्रुमखले मतदानस्थलको स्थलगत अनुगमन गरेको बताउनुभयो ।

“मतगणनास्थल सुरक्षित छ कि छैन मतदानस्थलको भौतिक अवस्थाको अनुगमन गरेका छाँै”, उहाँले भन्नुभयो, “विशेष सुरक्षा योजनाअन्तर्गत निर्वाचनको सुरक्षा तयारी गरिएको छ त्यसैका लागि सुरक्षा निकायका सबै प्रमुखले स्थलगत अवलोकन गर्नुभएको छ ।” निर्वाचन नजिकिँदै गर्दा दलहरूले प्रचार–प्रसार तीव्र बनाएका छन् भने निवार्चन आयोग पनि निर्वाचनको तयारीमा जुटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर