ड्यास माओवादीलाई बयालीस स्थान छाड्न तयार छौः पुन



(एनपि न्यूज डटनेट) ०४ भदौ- एकीकृत नेकपा(माओवादी)का नेता वर्षमान पुनले ग्रामीण क्षेत्रमा निर्वाचनको वातावरण तयार भएको छ भन्दै आगामी संविधानसभा निर्वाचन मङ्सिर ४ गतेको मितिमा कुनै पनि हालमा परिवर्तन नहुने बताउनुभएको छ ।

एमाओवादी मोरङद्वारा संविधानसभा निर्वाचन सम्बन्ध सुदृढीकरण अभियानका सम्बन्धमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेता पुनले चुनाव बिथोल्न खोज्ने र निर्वाचन भाँड्ने जो कोहीलाई पनि जनताले साथ नदिने बताउनुभयो ।

उहाँले नेकपा–माओवादीका नेताले निर्वाचनमा भाग लिने र सहकार्य गरेमा सो दलका लागि ४२ स्थान छाड्न पार्टी तयार छ भन्नुभयो ।

Comment