सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु — OSNepal

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

LC (KTM) November 07, 2022 0

काठमाडौं, २१ कात्तिक :देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । कैलालीको भजनी नगरपालिका–६ बिस्नापुरस्थित सडकमा ना.८ ख.१३८१ नम्बरको ट्रकले बा.८६ प ३४८७ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका नवलपुर बस्ने २१ वर्षीय अविषेक चौधरी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको नेपालगन्ज अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकमा बा.५ ख ७९४३ नम्बरको बसले बागमती प्रदेश ०३ ००३ प ४९३१ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय पुरुष छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषाको मिथिला नगरपालिका–९ बडहरी पुलस्थित सडकमा ज.१ त ७८९७ नम्बरको ट्रयाक्टरमा बिआर०३जे २६६७ नम्बरको कार ठोक्किई आइतबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कारमा सवार सर्लाही कबिलासी नगरपालिका–१० कल्यानपुर बस्ने २५ वर्षीय राजेश राय रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि मोडेल अस्पताल लालगढ धनुषातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रयाक्टर तथा कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर