प्रहरीमा एआईजीको चार दरबन्दी रिक्त, दाबेदार को को ? — OSNepal

प्रहरीमा एआईजीको चार दरबन्दी रिक्त, दाबेदार को को ?

LC (KTM) November 09, 2022 0

काठमाडौं । नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी)को चार दरबन्दी रिक्त भएको छ । उपत्यका प्रहरी कार्यालयका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्रबहादुर धानुकले मंगलबार अवकाश पाएसँगै एआईजीको चारओटा दरबन्दी रिक्त भएको हो ।

पछिल्लो समय अवकाशमा गएका चारै एआईजी ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन् । २० साउन २०७९ मा एआईजी विश्वराज पोखरेल अवकाशमा गएका थिए ।

प्रहरी महानिरीक्षकका सशक्त दाबेदार पोखरेललाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले महानिरीक्षक नियुक्त नगरेपछि उनी सर्वाेच्च अदालत गएका थिए ।

तर, सर्वाेच्चले प्रहरी महानिरीक्षकमा नियुक्त धिरजप्रताप सिंहको नियुक्तिलाई सदर गरेपछि उनी एआईजीको ५६ वर्षे उमेर हदका कारण अवकाशमा गएका हुन् । पोखरेलपछि गत २३ भदौमा मुकुन्दराज आचार्यले अवकाश पाएका थिए । त्यस्तै, प्रशासन विभाग प्रमुख एआईजी अरुणकुमार बीसीले पनि गत १४ कात्तिकमा अवकाश पाएका थिए । धानुकको अवकाश भने विवादित बन्न पुग्यो ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर