चितुवाको आक्रमणबाट तीन जना घाइते, तीनै जनाको अबस्था गम्भीर — OSNepal

चितुवाको आक्रमणबाट तीन जना घाइते, तीनै जनाको अबस्था गम्भीर

LC (KTM) November 11, 2022 0

स्याङ्जा –

चितुवाको  आक्रमणबाट  तीन जनाको  मृत्यु भएको  छ । स्याङ्जाको वालिङ नगरपालिका वडा १४ कफ्लेटीमा आज बिहान चितुवाले आक्रमण गर्दा ट ६४ वर्षीय कृष्णलाल न्यौपाने, ६८ वर्षीया तुलसी पराजुली र २४ वर्षीया लक्ष्मी पराजुली घाइते भएका हुन् ।

घाइते तीन जनालाई वालिङमा सामान्य उपचार गरी थप उपचारका लागि पोखरा पठाइएको छ । उनीहरु सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । । खेतमा काम गरिहेका कृष्णलाललाई आक्रमण गरेपछि नजिकै पुगेका तुलसी र लक्ष्मीलाई पनि चितुवाले झम्टिएको हो ।

चितुवालाई अहिले चण्डीप्रसाद पराजुलीको घरभित्र एउटा कोठामा थुनेर राखिएको स्थानीयले बताएका छन् । चितुवालाई नियन्त्रणमा लिन प्रहरीसहित वन कार्यालयको टोली घटनास्थल पुगेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर