स्वयम्भूको जंगलमा बालिकालाई बलात्कार गरेको आरोपमा २० वर्षीय सुमन समातिए — OSNepal

स्वयम्भूको जंगलमा बालिकालाई बलात्कार गरेको आरोपमा २० वर्षीय सुमन समातिए

LC (KTM) November 12, 2022 0

काठमाडौं, २६ कात्तिक : काठमाडौं महानगरपालिका(१५ स्वयम्भू स्तुपा जंगलमा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ सिद्धलेख गाउँपालिका(२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका(१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरी रहेका छन् ।

उनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ । गिरीले ती बालिकालाई ललाई फकाई स्वयम्भू स्तुपा नजिकै जंगलमा लगेर बलात्कार गरेको प्रहरीले अनुसन्धानका क्रममा देखिएको जनाएको छ ।

बालिका बलात्कार भएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर