युनाईटेडले फुलहमलाई हरायो — OSNepal

युनाईटेडले फुलहमलाई हरायो

LC (KTM) November 14, 2022 0

काठमाडौं, २८ कात्तिक – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाईटेडले फुलहमलाई २-१ गोल अन्तरले हराएको हो ।

१४ औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । ६१औं मिनेटमा डानिल जेम्सले फुलहमलाई बराबरीमा फर्काए ।

इन्जुरी समयमा एलेजान्ड्रो गर्नाचोले गोल गर्दै युनाईटेडलाई विश्वकप अघिको विश्राममा महत्वपूर्ण तीन अंक दिलाए । जितसँगै युनाईटेडले १४ खेलमा २४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । फुलहम १९ अंक जोडेर नवौं स्थानमा छ ।जितसँगै युनाईटेडले १४ खेलमा २४ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर