‘प्रेमगीत ३’को हिन्दी संस्करणबाट प्रदीपले भारतमा जिते डेब्यु अभिनेताको अवार्ड — OSNepal

‘प्रेमगीत ३’को हिन्दी संस्करणबाट प्रदीपले भारतमा जिते डेब्यु अभिनेताको अवार्ड

LC (KTM) November 14, 2022 0

काठमाडौं । लोकप्रिय अभिनेता प्रदीप खड्काले भारतमा डेब्यु अभिनेताको फिल्म अवार्ड हाता पारेका छन् ।

ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदिपले ‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फको फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जिज्त सफल भएका हुन् ।

अवार्ड भारतको आग्रामा आइतबार बेलुका सम्पन्न भएको थियो । अवार्डकै लागि प्रदीप र प्रेमगीत ३ को निर्माण यूनिट यतिबेला भारतको पर्यटकीय सहर आग्रामा छन् ।

फेस्टिभलमा प्रदीपले अवार्ड जित्दाको क्षणका भिडियो र तस्वीरहरु अहिले सामाजिक संजालमा भाइरल बनिरहेका छन् ।

सार्वजनिक तस्वीरमा प्रदीप र पार्श्व गायक तरुण सागर सँगै देखिएका छन् । प्रेमगीत ३ ले नेपालमा सर्वाधिक ब्यापार गर्न सफल फिल्मको परिचय बनाएको छ । जसले भारतमा पनि राम्रो चर्चा कमायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर