गठबन्धनले जिते ६ महिना सरकार नबन्ने ओलीको दाबी — OSNepal

गठबन्धनले जिते ६ महिना सरकार नबन्ने ओलीको दाबी

LC (KTM) November 15, 2022 0

काठमाडौं, कात्तिक २९ । निर्वाचन नजिकिँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको दौडधुप एकाएक बढेको छ । अध्यक्ष ओलीले सोमबार चितवन, सिन्धुली र भक्तपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आगामी चुनावमा एमालेलाई जिताउन आग्रह गरेका छन् ।

सोमबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गठबन्धनले चुनाव जिते ६ महिनासम्म पनि सरकार नबन्ने दाबी गरे । ओलीले स्वार्थका लागि मात्रै गठबन्धन गरिएको टिप्पणी गर्दै उनीहरूबाट मुलुकको विकास समृद्धि हुनै नसक्ने ठोकुवा गरे ।राजधानी दैनिकमा खबर छ ।

ओलीले भने, ‘गठबन्धन सरकार भनेको कठपुतलीजस्तो हो । गठबन्धनले जित्यो भने ६ महिना सरकार बन्दैन । बन्यो भने पनि टिक्दै टिक्दैन । त्यहाँ खान गएकाहरू मात्रै छन् ।’ ओलीले गठबन्धनले लोकतन्त्रमाथि प्रहार गर्न थालेको आरोप लगाए । उनले गठबन्धनले जिते फेरि राजनीतिक अस्थिरता छाउने त्यसले गर्दा देश र देशवासीले ठूलो दुःख र कष्ट बेहोर्नुपर्ने टिप्पणी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर