सुकुम्बासी बस्ती, सधैँको सास्ती — OSNepal

सुकुम्बासी बस्ती, सधैँको सास्ती

LC (KTM) November 15, 2022 0

काठमाडौं, कात्तिक २९ । काठमाडौं महानगरपालिका वडा नम्बर ३१, शान्तिनगरकी चन्द्रकला रेग्मी तीनकुनेस्थित एक सहकारीमा काम गर्छिन् । बिहान निस्कँदा र साँझमा घर फर्कंदा अस्तव्यस्त सडक छिचोल्दै हिँड्छिन् । ठाउँठाउँमा सडक बिग्रिएका कारण दैनिक सामान्य दुर्घटनाको प्रत्यक्षदर्शी बन्नुपरेको उनी सुनाउन्छिन् ।

रेग्मीले भनिन्, “सबैभन्दा ठूलो समस्या अव्यवस्थित रूपमा बागमती नदी किनारमा रहेका घरटहरा हुन् । सुकुम्बासी बस्ती नदीका दुवै किनारमा छन्, खोला मिचेर निर्माण गरिएका घरटहराका कारण लामो जाम हुन्छ, सधैँ हैरानी भोग्नु परिरहेको छ ।”

उनी मात्रै होइन, भीमसेनगोलामा व्यवसाय गर्ने देउमान बानियाँ पनि दैनिक रूपमा यही वैकल्पिक सडक प्रयोग गर्छन् । उनलाई लाग्छ, “काठमाडौँभित्रै सडक र स्थानीयवासीको यस्तो दुर्दशा किन भएको होला ”

यसको उत्तर आफैँ बताउँदै बानियाँले भने, “सुकुम्बासी बस्तीमाथि ठूलो राजनीति छ, अहिलेसम्म जित्दै आएका वडाध्यक्ष नै सुकुम्बासी बस्ती हटाउन नदिने पक्षमा देखिन्छन् । भोट बैङ्कका रूपमा सुकुम्बासी नागरिकलाई प्रयोग गर्ने कर्ममा केही वाम राजनीतिक दल नै लागेको मैले पाएको छु ।”

काठमाडौँ महानगरपालिका वडा नम्बर ९ स्थित सिनामङ्गल, गैरीगाउँ र महानगरकै वडा नम्बर ३१ शान्तिनगरमा सुकुम्बासी बस्ती छ । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सङ्कलन गरेको तथ्याङ्कअनुसार सिनामङ्गल र गैरीगाउँ क्षेत्रमा १६२ र शान्तिनगरमा ४७६ घरधुरीको बसोबास छ । अव्यवस्थित घरटहरा र सडकसँगै बागमती किनार अतिक्रमणमा पर्दा यस क्षेत्रका बासिन्दा सधैँ प्रताडना भोग्न बाध्य छन् । गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर