यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिदबिक्री ? — OSNepal

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिदबिक्री ?

LC (KTM) November 15, 2022 0

काठमाडौं, २९ कात्तिक:मंलबार डलरको भाउमा सामान्य घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले मंलबार लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर नेपाली बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १२९ रुपैयाँ ७२ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ३२ पैसा तोकिएको छ । सोमबारको तुलनामा अमेरिकी डलर खरीद बिक्रीमा सामान्य फेरबदल भएको छ ।

युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३५ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ६३ पैसा र बिक्रीमा ८७ रुपैयाँ ०।३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०९ पैसा कायम भएको छ । सिङ्गापुरे डलर आज एक रुपैयाँले बढेको छ । यसको खरिददर ९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९४ रुपैयाँ ७६ पैसा रहेको नेपाल राष्ट्र बैकले जनाएको छ ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ २४ पैसा र बिक्रीमा ९ रुपैयाँ २८ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८ रुपैयाँ ४७ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ५१ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैइाँ ७८ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ २२ पैसा र बिक्रीदर २८ रुपैयाँ ३५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर