आमा बनेको एक सातामै आलियाले गरिन् यस्तो घोषणा ! — OSNepal

आमा बनेको एक सातामै आलियाले गरिन् यस्तो घोषणा !

LC (KTM) November 15, 2022 0

एजेन्सी- भर्खरैमात्रै आमा बनेकी आलिया भट्टले आफ्नो सामाजिक सञ्जाल अकाउन्ट मार्फत फिल्म रकी र रानीको प्रेमकथाको रिलिज मितिको जानकारी दिएकी छिन् । यस फिल्ममा रणवीर सिंहसँग आलिया भट्ट मुख्य भूमिकामा देखिनेछिन् ।

फिल्म २८ अप्रिल २०२३ मा रिलिज हुनेछ। आलियाले भर्खरै छोरीलाई जन्म दिएकी छिन् र अहिले प्रसूति बिदाको मजा लिइरहेकी छिन् ।आलियाले करण जोहरको पोस्ट रि–सेयर गर्दै यो फिल्मका लागि आफू निकै उत्साहित भएको लेखेकी छिन् । आलियाले करण जोहरको पोस्ट पुनः सेयर गर्दै लेखेकी छिन,“मेरो हृदय आनन्द र उत्साहले भरिएको छ ।

आफ्नो मातृत्वको आनन्द उठाइरहेकी उनको म प्रतिको लगाब देखेर उनका फ्यानहरु चकित भउका छन् । फिल्ममा रणवीर सिंह र आलिया भट्ट मुख्य भूमिकामा रहनेछन् भने धर्मेन्द्र, जया बच्चन र शबाना आजमी पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । फिल्मलाई इशिता मोइत्रा, शशांक खेतान र सुमित रोयले लेखेका हुन् । रकी र रानीको प्रेमकथालाई नयाँ युगको रोमान्टिक फिल्मको रुपमा व्याख्या गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर