यी क्रिकेटरको प्रेममा सारा अली खान, क्रिकेटरले नै गरे खुलेआम खुलासा ! — OSNepal

यी क्रिकेटरको प्रेममा सारा अली खान, क्रिकेटरले नै गरे खुलेआम खुलासा !

LC (KTM) November 15, 2022 0

काठमाडौं । बलिउड अभिनेत्री सारा अली खान फेरी एकपटक प्रेमका कारण चर्चामा छिन् । उनी टीम इन्डियाका ब्याट्सम्यान शुभमन गिलसँग प्रेममा रहेको चर्चा रहेको छ । यी दुई एक साथ डिनर गएका तस्विर भाइरल बनेका छन् ।

तस्बिरमा एकतर्फ शुभमन र अर्कोतर्फ सारा बसेको देखिन्छ । एक रेस्टुरेन्ट वेटर सारा नजिकै उभिरहेकी छिन्, जसलाई उनी केहि अर्डर गरिरहेको देखिन्छ।

शुभमन गिल पनि यस अघि तेन्दुलकरकी छोरी सारा तेन्दुलकरसँग जोडिएको थियो । यस अघि साराले को ना सुशान्त सिंह राजपूत देखी कार्तिक आर्यनसँग सम्म जोडिएको थियो ।

शुभमन गिल हाल प्रीति सिमोस र नीति सिमोसको शो दिल दीयां गल्लामा गएका थिए । त्यतिबेला उनले बोलेका केही शब्दले यो जोडी प्रेममा रहेको प्रस्टै बुझ्न सकिन्थयो ।बलिउडमा सबैभन्दा फिट नायिका को हुन भनेर सोधेको प्रश्नमा उनले साराको नाम लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर