निहारिका र शिवराजको अंतरंग तस्बिर फेरी किन अपलोड गरिन् करिष्माले ? — OSNepal

निहारिका र शिवराजको अंतरंग तस्बिर फेरी किन अपलोड गरिन् करिष्माले ?

LC (KTM) November 15, 2022 0

काठमाडौं-
नायिका करिष्मा मानन्धरले पुनः एकपटक निहारिका राजपुत र शिवराज श्रेष्ठको अंतरंग तस्बिर सेयर गरेकी छिन् । यस अघि पनि तस्विर राखेकै कारण उनी विवादमा तानिएकी उनले फेरी पनि निकरिकाले शिबराजसँग को तस्विर सेयर गरेकी छन । तस्विरमा विभन्न खालको प्रतिकृया आइरहेका छन् ।ती तस्बिर पोस्ट गर्दा थुप्रैले किन यस्तो गर्नुभएको भनेर प्रश्न गरेपछि ती दुबै फोटो अहिले हटाइसकेकी छिन् ।

आफूलाई कुमारी आमा भनेर चिनाउने निहारिका राजपुतले आफ्ना तत्कालीन प्रेमी शिवराज श्रेष्ठविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको जाहेरीपछि धनुषा प्रहरीले श्रेष्ठविरुद्ध धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

उच्च अदालतबाट शिवराज र निहारिकाबाट जायजन्म भएको बालकको डिएनए टेष्ट गराउने आदेश भएको थियो । उच्च अदालत जनकपुरका रजिष्ट्रारका अनुसार डिएनए म्याचिङ भइसकेको छ । डिएनए म्याचिङ भएपनि बलात्कारबाट बालकको जायजन्म भएको हो कि सहमतिको सम्बन्धपछि बालकको जन्म भएको हो भन्ने कुराको फैसला भने अदालतले गर्नेछ ।

निहारिका अनसनमा बसेपछि नायिका मानन्धरले उनलाई आफ्नै घरमा आश्रय दिएकी थिइन् । तर पछि निहारिकाको विषयमा आफ्नो बुझाई गलत भएको र आरोपमा सत्यता नरहेको भन्दै मानन्धरले निहारिका र शिवराजका केही प्रेमिल तस्वीरहरु साझा गरेपछि निहारिकाले करिश्माले दिएको रकम फिर्ता गरिदिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर