ताप्लेजुङका विद्यार्थीको पढाइको गुणस्तर परीक्षण गर्दै अमेरिकन — OSNepal

ताप्लेजुङका विद्यार्थीको पढाइको गुणस्तर परीक्षण गर्दै अमेरिकन

LC (KTM) November 16, 2022 0

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—६, सरस्वती च्यारीबुक माध्यमिक विद्यालयलमा विद्यार्थीको पढाइको गुणस्तर परीक्षण गर्दै अमेरिकन नागरिक । यस विद्यालयमा पढाइमा गुणस्तर ल्याउन अमेरिकन नागरिकले विगतदेखि नै आर्थिक तथा प्राविधिक सहयोग गर्दै आउनुभएको छ ।

 
 

यो पनि : दर्जनभन्दा बढी पटक चुनाव लडेका योगी भन्छन्-अहिलेका नेतामा इमान्दारिता भेट्दिन:डिलाशैनी गाउँपालिका(६ का गोविन्दनाथ योगी अहिले ७९ बर्ष पुुगे । २००१ सालमा जन्मिएका उनी ०५६ सालअघिका करिब एक दर्जन चुनाव लडेका व्यक्ति हुन् । योगीलाई प्रधानपञ्चदेखि वहुदलीय व्यवस्थामा सांसदसम्ममा चुनाव लडेको अनुभव छ । योगी कतिपय चुनावमा सफल बने भने केहीमा जित पनि भए । उनी प्रधानपञ्च र जिल्ला पञ्चायतको चुनावमा भने सधै सफल भए ।

सुरुदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध उनी ०५६ सालमा भने हरियाली नेपाल पार्टीबाट आँप चुनाव चिन्ह लिएर तत्कालिन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दविरुद्ध उत्रिएका थिए । त्यसयता उनी चुनाव लडेका छैनन् । ‘जिल्ला पञ्चायतमा जिल्लाको विकास निर्माणका लागि वार्षिक बजेट जम्मा पाँच लाख आउथ्यो भने गाउँपञ्चायतमा वार्षिक बजेट जम्मा ६० रुपैयाँ आउँथ्यो । उक्त रकम सचिवले विभिन्न ठाउँमा यात्रा गर्दा खर्च हुुन्थ्यो ।’ योगीले भने ।

उनी विद्यालय, बाटो, चौतारो, कुवा निर्माणलगायतका काम गरेको सम्झन्छन् । साथै खाद्यन्न संकटका वेला अमेरिकी मकै वितरण गरेको उनलाई याद छ । एक पटक चुनाव लड्दा सुुरक्षा चुनौती भएपछि प्रमुख जिल्ला अधिकारीले जिल्लामा बोलाए । प्रमुख जिल्ला अधिकारीले प्रहरीको सुरक्षा दिने भनेपछि उल्टै प्रहरीबाटै आफुलाई सुरक्षाको चुनौती रहेको बताएको उनी सुनाउँछन् । योगी अहिले भने एमालेलाई साथ दिँदै आएका छन् । सदस्यता कुनै पार्टीको नभए पनि एमालेलाई भोट मागिरहेको बताउँछन् । नाथले युवक संगठन, किसान संगठनलगायत विभिन्न संगठनहरुको नेतृत्व गरेको बताउछन् ।

उतिबेला नेता भैदिनु पर्यो भन्दै गाउँलेहरु एक जनालाई अगाडी बढाउँथे, अहिले नेता बन्न लडाई हुने गरेको उनी बताउँछन् । जसको घरमा बढी धान हुन्छ उसैलाई प्रधान भन्ने चलन थियो । कक्षा ५ सम्म अध्ययन गरेका उनले दर्जनभन्दा बढी पटक चुनाव लडे पनि अब भने चुनाव लड्ने रहर छैन् ।

योगी नौ छोरी र दुई छोराका बाबु हुन् । उनकी एक छोरीले माओवादी द्धन्द्धमा सामेल हुँदा ज्यान गुमाइन् । उनलाई अहिलेका नेताहरूमा इमान्दारिता घटेको महसुस हुन्छ । नयाँ राजनितिकर्मीलाई बोलेका वाचा पुरा गर्न र पुरा नहुने आश्वासन नदिन उनको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर