आँखा चिम्लेर विश्वप्रकाश शर्मालाई भोट हाल्न चर्चित गायक राजेशपायल राईको आग्रह — OSNepal

आँखा चिम्लेर विश्वप्रकाश शर्मालाई भोट हाल्न चर्चित गायक राजेशपायल राईको आग्रह

LC (KTM) November 17, 2022 0

काठमाडौं । गायक राजेशपायल राईले झापा-१ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मालाई भोट मागेका छन् । बिहीबार झापामा आयोजित आमसभामा राजेशपायलले आफ्ना हिट गीतमा सांगीतिक प्रस्तुति दिँदै उनले विश्वप्रकाशका लागि भोट मागेका हुन् ।

आमसभामा बोल्दै उनले आँखा चिम्लेर शर्मालाई भोट दिन मतदातालाई आग्रह समेत गरे । केही दिनअघि जनता समाजवादी पार्टीलाई पनि भोट दिन आग्रह गरेका उनले आज भने विश्वप्रकाशलाई भोट हाल्न आग्रह गरेका हुन् ।

राजेशपायल सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का कोच समेत हुन् । उनी दर्शक माझ बढी ‘राई इज किङ’को रुपमा चर्चित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर