विदेशमा बस्ने नेपालीको भोट हाल्न पाउने अधिकार कुण्ठित पारियो : रवि लामिछाने — OSNepal

विदेशमा बस्ने नेपालीको भोट हाल्न पाउने अधिकार कुण्ठित पारियो : रवि लामिछाने

LC (KTM) November 17, 2022 0

काठमाडौं, १ मंसिर:राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रवि लामिछानेले विदेशमा बस्ने नेपालीको भोट हाल्न पाउने अधिकार कुण्ठित पारिएको बताएका छन् । बिहीबार चितवनमा आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘विदेशमा बस्ने नेपालीको भोट हाल्न पाउने अधिकारलाई कुण्ठित गरेर राखिएको छ । हामीले जितेपछि तपाईंहरुको भोट हाल्ने अधिकार सुनिश्चित गर्न कानून बनाउनेछौं’, उनले भने ।

उम्मेदवार लामिछानेले विदेशबाट फर्किएका नेपाली नागरिकलाई देश फर्किँदा भिभिआइपी प्रमाणपत्र दिएर सम्मानका साथ एयरपोर्टमा आफैं रिसिभ गर्न आउनेसमेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर