निर्वाचनपछि बन्ने गठबन्धन सरकारले समृद्धिको यात्रा अघि बढाउँछ - मन्त्री भुसाल — OSNepal

निर्वाचनपछि बन्ने गठबन्धन सरकारले समृद्धिको यात्रा अघि बढाउँछ – मन्त्री भुसाल

LC (KTM) November 17, 2022 0

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निर्वाचनपछि सङ्घ र सातै प्रदेशमा गठबन्धनको सरकार बन्ने बताउनुभएको छ । वाम लोकतान्त्रिक गठबन्धन खोकना संयुक्त निर्वाचन परिचालन तथा प्रचारप्रसार समितिले आज खोकनामा आयोजनामा बहृत् चुनावीसभालाई सम्बोधन गर्दै उहाँले गठबन्धन सरकारले प्रदेश र स्थानीय तहको समन्वयमा आर्थिक समृद्धिको यात्रालाई अगाडि बढाउने विश्वास दिलाउनुभयो ।

राजनीतिक स्थायित्व र मुलुकको समृद्धिका लागि गठबन्धनको जीत आवश्यक भएको जनाउँदै उहाँले भन्नुभयो, “भाविपुस्ताको भविष्यलाई हेरेर भए पनि गठबन्धनका उम्मेदवारलाई जिताउनुस् ।” जनताको सङ्घर्षबाट प्राप्त गणतन्त्र, संविधानलगायत राजनीतिक उपलब्धिको रक्षाका लागि वर्तमान गठबन्धन बनेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनबाट परिवर्तन विरोधी शक्तिलाई पराजित गर्नुपर्ने बताउनुभयो ।

कृषि, जलस्रोत र पर्यटनको विकासबाट मात्रै मुलुकको समृद्धि सम्भव रहेको दोहो¥याउँदै उहाँले निर्वाचनपछि बन्ने गठबन्धन सरकारले कृषि, जलस्रोत र पर्यटनको विकास गर्ने नीति कार्यक्रम ल्याउने दाबी गर्नुभयो । “मलाई जनताको ठूलो विश्वास छ, जनअपेक्षाअनुसार अगाडि बढ्छु”, गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नं ३ का उम्मेदवार भुसालले भन्नुभयो, “जनता असहमत भएको विषयलाई मैले अगाडि बढाउने छैन ।”

उहाँले ललिपतुरको कला, संस्कृति र सम्पदालाई संरक्षण गर्दै विकास निर्माणका अभियान अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । तोरीको तेलको सहरका रुपमा परिचित खोकनालाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने, पर्यटनलाई स्थानीयको आय आर्जनको मुख्य स्रोत बनाउने उहाँको भनाइ छ ।

ललितपुर क्षेत्र नं ३ (२) का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले ललितपुरको विकास र यहाँको पर्यटन प्रवद्र्धनमा लाग्ने प्रतिबद्धता जनाउँदै गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो । गठबन्धनको साझा उम्मेदवारका निर्वाचनमा होमिनुभएका मन्त्री भुसालले सो क्षेत्रभित्र पर्ने २२ वटै वडामा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर