निर्वाचनको जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न महानिरीक्षकको निर्देशन — OSNepal

निर्वाचनको जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न महानिरीक्षकको निर्देशन

LC (KTM) November 17, 2022 0

काठमाडौँ – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आउँदो ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ ।

उहाँले निर्वाचनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै कार्य क्षेत्रमा प्राप्त जिम्मेवारी निर्वाहमा कुनै कमी हुन नदिन सचेत गराउनुभयो । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आज ‘समर्पण एपीएफ मासिक’ पत्रिकाको विमोचनका क्रममा महानिरीक्षक अर्यालले सो धारणा व्यक्त गर्नुभएको हो ।

यसअघि सशस्त्र प्रहरी बल, नेपालको पाक्षिकरुपमा रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट ‘समर्पण राष्ट्रका लागि’ नामक कार्यक्रम सञ्चालनमा छ । उहाँले सङ्गठनमा भएका गतिविधिबारेमा सशस्त्र प्रहरी कर्मचारी जानकार हुन् भन्ने हेतुले प्रकाशन गरिएको उक्त मासिक पत्रिका सङ्गठनको एक ऐतिहासिक दस्तावेज भएको पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर