राधे भन्छन् 'ललितपुर ३ मा मैले धेरै काम गरेको छु, मतदाताले आफ्नो विबेक प्रयोग गर्नेछन्' — OSNepal

राधे भन्छन् ‘ललितपुर ३ मा मैले धेरै काम गरेको छु, मतदाताले आफ्नो विबेक प्रयोग गर्नेछन्’

LC (KTM) November 17, 2022 0

काठमाडौं । आसन्न निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा व्यस्त छन् । यसैबीच ललितपुरको क्षेत्र नम्बर ३ जाउलाखेलमा जन्मिएका राधे खड्का अहिले चुनावी प्रचार प्रसारका क्रममा जुटिरहेका छन् ।

त्रिविबाट स्नातकसम्मको अध्ययन गरेका राधेको माओवादीकी फम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की जस्ता बहुचर्चित उम्मेदवारहरुसँग प्रतिस्पर्धामा छन् । छत्रे टोपी चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका राधे त्यस्ता उम्मेदवार हुन् जोसँग सामाजिक यात्राको लामो इतिहाँस छ ।

उनी आफ्ना प्रतिस्पर्धीहरुसँग आफ्नो जस्तो कामको कुनै अनुभव नभएको आरोप लगाउँछन् । भन्छन्, ‘पम्फा जी हिंसाको क्षेत्रबाट आउनुभयो । म अहिंसाको क्षेत्रमा काम गरिरहेको छु । अर्का उम्मेद्धवार स्वतन्त्र भनेर स्वतन्त्र ब्यक्ति बनेर मतदाताहरुलाई नै झुक्याउने काम भइरहेको छ । स्वास्थ्यकर्मीहरुले स्वास्थ्यकै क्षेत्रमा अब्बल काम गर्नुपथ्र्यो । राजनीतिमा आउन जरुरी थिएन ।’

सामाजिक कर्मबाट सहयोगको यात्रा सुरुवात गरेका राधे खड्का समाजका लागि निकै उदाहरणीय र अति आवश्यक ब्यक्ति हुन् । परोपकारी काम भनेपछि मरिहत्ते गर्ने राधे निश्वार्थ भावनका धनी र प्रेरणादायी ब्यक्ति हुन् । राजनीतिमा आउनुपूर्व सामाजिक कर्मले नै समाज परिवर्तन गर्न सकिन्छ भन्थे उनी । तर, राजनीति बलियो र स्थायी नभएसम्म समाजका कुनै पनि नीतिहरु परिवर्तन हुन नसक्ने ठहर गर्दै उनी अहिले ललितपुर–३ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् ।

परोपकारी काम भनेपछि मरिहत्ते गर्ने राधे निश्वार्थ भावनका धनी र प्रेरणादायी ब्यक्ति भएको उनलाई चिन्ने ललितपुरकै रमा केसी बताउँछिन् । भन्छिन्रा, ‘राधेजी निस्वार्थ भावनाले जनहितका लागि काम गर्ने एउटा उदाहरण हो । समाजमा उहाँ जस्तै धेरै मानिसहरु हुने भए कसैलाई अप्ठ्यारो पर्ने थिएन ।’

ललितपुरमा उनी कसैलाई हराउने भन्दा पनि ललितपुरलाई विजय गराउने अभियानमा लागेका एक इमान्दार कर्मठ र देशलाई माया गर्ने ब्यक्ति हुन् । उम्मेदवार बन्नुअघि करिब डेढ दशकदेखि समाजिक काममा सक्रिय राधेले स्थापना गरेको कपडा बैँक अहिले देशका २ सय भन्दा बढी स्थानमा फैलिएको छ । उनले कोरोनाको समयमा करिब २ वर्ष देशका विभिन्न स्थानमा खाना नपाएका, गरिबीका कारण भोकभोकै हिँड्न बाध्य भएकाहरुलाई निःशुल्क खाना वितरण गरे ।

त्योपनि आफ्नो ज्यान नै जोखिममा पारेर । उनी फूड बैँकका संस्थापक मात्रै होइनन् अक्सिजन बैँक र औषधि बैँकको स्थापना गरेर निःशुल्क वितरण समेत गरे । उनको योगदाको सूची यतिमा मात्रै टुंगिदैन । राधेले नवजीवन परोपकार समाजमा पनि अतुलनीय योगदान गरेका छन् ।

नवजीवन परोपकार समाजको ब्यवस्थापन गरेर जीवन बिर्सिएकाहरुलाई जीवन दानमा पनि उनको ठूलो भूमिका छ । यसले सडक मानव मुक्ति तथा सडक पशु मुक्तिका लागि काम गर्छ । अहिंसा तथा दूब्र्यशन मुक्त व्यक्तिहरु राजनीतिमा आउनुपर्ने कुरामा जोड दिँदै आएका उनी भन्छन्, ‘न जिन्दावाद, न मुर्दावाद सबैलाई धन्यवाद ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर