सुरक्षाकर्मी अभावमा नियमित चेकिङबाट पछि हट्यो रुपन्देही प्रहरी — OSNepal

सुरक्षाकर्मी अभावमा नियमित चेकिङबाट पछि हट्यो रुपन्देही प्रहरी

LC (KTM) November 19, 2022 0

भैरहवा, ३ मंसिर:रुपन्देही प्रहरीले सिद्धार्थ राजमार्गमा गरिरहेको नियमित चेकिङ हटाएको छ । भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै भैरहवा क्षेत्रमा पर्ने सो सडक खण्डमा भइरहेको नियमित सुरक्षा जाँच हटाइ, प्रहरी प्वान्टहरू समेत बन्द गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मातहत रहेको बेलहिया बाइपास र अञ्चलपुरमा हुने नियमित चेकजाँच हटाइएको छ भने देवकोटा चोकस्थित प्रहरी बिट र बुद्धचोकमा तैनाथ सुरक्षाकर्मीहरू पनि हटाइएको छ ।

प्रहरीले नियमित चेकजाँचलाई निरन्तरता दिँदै थप सुरक्षा योजना गर्नु पर्नेमा भएको नियमित चेकजाँचलाई समेत अहिले हटाइएको छ । बिहानैदेखि भैरहवाको हाटबजार, आँखा अस्पताल, मेउडिहवा मिलनचोकलगायत हाइवेको पश्चिम तर्फमात्रै सुरक्षा चेकजाँच भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले भएका प्रहरी निर्वाचनमा खटिएकोले जनशक्ति अभावमा चेकजाँचमा केही ग्याप भएको बताए । शनिबार मुभमेन्ट पनि कम भएकोले ठाउँठाउँमा मोबाइल टोली, विभिन्न ठाउँमा चेकजाँच, मतदान केन्द्रहरू सुरक्षामा प्रहरी खटिएको छ, समग्रमा जिल्लाको सुरक्षा स्थिति राम्रो छ ।

निर्वाचनलाई लक्षित गर्दै जिल्लामा तीन हजार ९५ र एक हजार सात सय ३६ नेपाल प्रहरी खटिएका छन् । अहिले मतपेटिका बढी हुने भएकोले पहिलाभन्दा धेरै सुरक्षाकर्मी तैनाथ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर