मोरक्को र बेल्जियमबीच प्रतिस्पर्धा जारी — OSNepal

मोरक्को र बेल्जियमबीच प्रतिस्पर्धा जारी

LC (KTM) November 27, 2022 0

काठमाडौं- कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत मोरक्को र बेल्जियमबीच प्रतिस्पर्धा भइरहेको छ । खेलको पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् । यसअघि समूह चरणमा बेल्जियमले क्यानडालाई १-० गोलअन्तरले पराजित गरेको थियो भने मोरक्कोले क्रोयसियासँग बराबरी खेल खेलेको थियो ।

यसअघि आजै भएको पहिलो खेलमा कोस्टारिकाले जापानलाई पराजित गरेको छ । अहमेद बिन अलि स्टेडियममा भएको खेलमा कोस्टारिकाले जापानलाई १-० गोल अन्तरले पराजित गरेको हो । कोस्टारिकाको जीतमा केयशेर फुलेरले ८१औँ मिनेटमा निर्णायक गोल गरे ।

यो पनि:२९ मोटरसाइकल चालक नियन्त्रणमा- ट्राफिक प्रहरीले ठूलो आवाज निकाल्ने २९ मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले यहाँका सडकमा ठूलो आवाज निकालेर मोटरसाइकल चलाउनेलाई नियन्त्रणमा लिएको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले काठमाडौँका सडकमा ठूलो आवाज निकालेर ध्वनि प्रदूषण गर्ने २९ मोटरसाइकललाई नियन्त्रणमा लिएर वातावरण विभाग पठाइएको र सो विभागले १२ मोटरसाइकललाई रु १० हजारका दरले जरिवाना गरेको जानकारी दिनुभयो ।

वातावरण विभागले परीक्षण गर्दा मापदण्डभन्दा बढी आवाज निकालेको पाइएकाले जरिवना गरेको हो । बाँकी १७ वटा मोटरसाइकल सम्बन्धमा सोही विभागले अनुसन्धान गरिरहेको प्रवक्ता भट्टले बताउनुभयो । ठूलो आवाज निकालेर सवारीसाधन चलाउँदा ध्वनि प्रदूषण हुनाका साथै मानवीय स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएकाले त्यस्ता सवारीसाधन नचलाउन ट्राफिक प्रहरीले चालकलाई अनुरोधसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर