स्याङ्जा र बाजुराकाे मतगणनाकाे माग गर्दै कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण — OSNepal

स्याङ्जा र बाजुराकाे मतगणनाकाे माग गर्दै कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण

LC (KTM) November 29, 2022 0

काठमाडौं, १३ मंसिर –

नेपाली कांग्रेसले रोकिएको स्याङ्जा र बाजुराको मतगणना सुचारु गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्चाचन भएकाे थियाे । उक्त निर्वाचनकाे स्याङ्जा २ र बाजुराको मतगणना कार्य रोकिएको छ ।

जसको तत्काल सुचारु गर्न कांग्रेसले आयोगको ध्यानाकर्षण गराएको हो । उपसभापति धनराज गुरुङ, नेता रामचन्द्र पौडेलले निर्वाचन आयोगका आयुक्तहरुलाई भेटेर रोकिएको मतगणना पुनः सुरु गर्न ध्यानाकर्षण गराएका हुन् ।

पार्टीको तर्फबाट स्याङ्जा र बाजुराको रोकिएको मतगणना सुरु गर्न आयोगका पाँचैजना आयुक्तलाई भेटेर ध्यानाकर्षण गराएको उपसभापति गुरुङले जानकारी दिए ।‘म उम्मेदवार भएर मात्र होइन पार्टीकै तर्फबाट रोकिएको मतगणना सुरु गर्न आयोगका पाँचजना आयुक्तलाई भेटेर ध्यानाकर्षण गराएका छौँ,’ उनले भने ।

मतदाता नामावलीमा भएका व्यक्तिले नै मतदान गरेको र बिना कारण रोकिएको मतगणना सुरु गर्नुपर्ने नेता रामचन्द्र पौडेलको माग छ ।‘मतदाता नामावलीमा नाम भएकै व्यक्तिले मतदान गरेका छन्,’ उनले भने, ‘मतगणना रोक्नु हुँदैन । यसकारण स्याङ्जा र बाजुराको रोकिएको मतगणना अविलम्ब सुरु गर्नुपर्छ । हामीले आयोगको ध्यानाकर्षण गराएका छौँ ।’

स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङ र एमालेकी पद्मा आर्यालयबीच कडा प्रतिस्पर्धा छ भने बाजुरामा कांग्रेसका बद्री पाण्डे र एमालेका कर्णबहादुर थापाबीच प्रतिस्पर्धा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर