आमा समूहका पदाधिकारीले निर्घात रुपमा कुटेपछि घाइते भएकी राईको मृत्यु — OSNepal

आमा समूहका पदाधिकारीले निर्घात रुपमा कुटेपछि घाइते भएकी राईको मृत्यु

LC (KTM) November 30, 2022 0

धरान :

आमा समूहका पदाधिकारीको कुटपिटबाट घाइते भएकी उषा राईको मृत्यु भएको छ । जनजागृत आमा समूहका पदाधिकारीले ४२ वर्षीया राईलाई कुटपिट गरेपछि उनको मृत्यु भएको हो ।

धरानका एक व्यक्तिसँग अवैध सम्बन्ध राखेको भन्दै जनजागृत आमा समूहका पदाधिकारीले कुटपिट गरेपछि म्भीर घाइते बनेकी राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको हो ।

घटनामा संलग्न भएका ६ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । अवैध सम्बन्धको आरोप लगाउँदै आमा समूहका पदाधिकारीले गरेको कुटपिटबाट राईको निधन भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर