नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता — OSNepal

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता

LC (KTM) December 03, 2022 0

काठमाडौं, १७ मंसिर-नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

भेटमा दुवै नेताले प्रतिनिसभा सदस्यमा निर्वाचित भएकोमा एक अर्कालाई बधाई दिएका थिए । भेटमा निर्वाचनको समीक्षासमेत भएको बताइएको छ ।

यसका साथै वर्तमान सत्ता गठवन्धनलाई नयाँ सरकार बनाउन पनि निरन्तरता दिने र अरु दलहरूलाई पनि गठवन्धनमा सहभागी गराउन पहल गर्ने गरी सकरात्मक छलफल भएको उपसभापति खड्काको निजी सचिवालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर