चितवनमा खोलामा डुबेर १६ वर्षीय युवकको मृत्यु — OSNepal

चितवनमा खोलामा डुबेर १६ वर्षीय युवकको मृत्यु

LC (KTM) December 03, 2022 0

चितवन, १७ मंसिर-चितवनको शक्तिखोरस्थित कयर खोलामा पौडी खेल्दै गरेका एक जनाको डुबेर ज्यान गएको छ ।चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीका अनुसार कालिका नगरपालिका-९ शक्तिखोरको कयर खोला बाँधमा पौडी खेल्न गएका १६ वर्षीय मनिष श्रेष्ठको आज दिउँसो डुबेर ज्यान गएको हो ।प्रहरीले घटनाका सम्बन्धमा अन्य अनुशन्धान सुरू गरेको जनाएको छ ।

यो पनि:खिलशर्म–राजीवलोचन जोशी पुरस्कार साहित्यकार फुयाँललाई-यस वर्षको खिलशर्म–राजीवलोचन जोशी स्मृति पुरस्कार वरिष्ठ साहित्यकार श्रीहरि फुयाँललाई प्रदान गरिएको छ । खिलशर्म–राजीवलोचन जोशी प्रतिष्ठानद्वारा राजीवलोचन जोशीको ९४औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँलाई रु २० हजार राशिको उक्त पुरस्कारबाट सम्मान गरिएको हो ।

नेपाली साहित्यको विविध क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि निरन्तर सेवा गरेको भन्दै प्रतिष्ठानले साहित्यकार फुयाँललाइ सम्मानित गरेको हो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति जगमान गुरुङले फुयाँललाई बधाई दिँदै नेपाली साहित्यको माध्यमिककालमा साहित्यकार राजीवलोचन जोशीको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

“साहित्यकारलाई सम्मान गर्दा समग्रमा राज्यकै सम्मान हुन्छयसबाट देशको उन्नति प्रगति हुन्छ”, उहाँले भन्नुभयो, “यस प्रतिष्ठानले शास्त्रीय मर्यादालाई कायम राखेको छ, साहित्य र साहित्यकारको सम्मानमा गरेको काम प्रसंशनीय छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर