अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स बिश्वकप फुटबलको क्वाटरफाइनलमा प्रबेश — OSNepal

अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स बिश्वकप फुटबलको क्वाटरफाइनलमा प्रबेश

LC (KTM) December 03, 2022 0

नेदरल्यान्ड्स कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा केहीबेर अघि सम्पन्न नकाउट चरणको पहिलो खेलमा अमेरिकालाई एकका बिरुद्ध तीन गोलले पराजित गर्दै नेदरल्यान्ड्स अन्तिम आठमा पुगेको हो ।

नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपे, डेली ब्लाइन्ड र डेन्जेल डुमफ्रिएसले एक एक गोल गरे । अमेरिकाका हाजी राइटले एक गोल फर्काए । खेलको १० औं मिनेटमा डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा ब्लाइन्डले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को अग्रता दिलाए ।

खेलको ७६ औं मिनेटमा हाजीले गोल गर्दै अमेरिकालाई २-१ को स्थितिमा ल्याए ।त्यसपछि खेलको ८१ औं मिनेटमा डेन्जेलले गोल गर्दै नेदरल्यान्ड्सलाई ३-१ को सहज जित दिलाए । नेदरल्यान्ड्सले क्वाटरफाइनलमा आज राती हुने अर्काे खेल अर्जेन्टिना र अष्ट्रेलियाबीचको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर