मध्य राती टेम्पो र मोटरसाइकल ठोक्किँयो — OSNepal

मध्य राती टेम्पो र मोटरसाइकल ठोक्किँयो

LC (KTM) December 04, 2022 0

काठमाडौं, १८ मंसिर । सुनसरीको धरान उपमहानगरपालिका ६ सुतार चोकमा गएराति टेम्पो र मोटरसाइकल आपसमा ठोक्किँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक धरान उपमहानगरपालिका १५ का ५३ वर्षीय देवान सिंह राई रहेका प्रहरीले जनाएको छ । हाल उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ । टेम्पो चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यो पनि : हिजाब नलगाएपछि सरकारले भत्कायो इरानी आरोहीको घर:आफ्नो बुर्का नलगाएर विदेशमा प्रतिस्पर्धा गर्ने इरानी पर्वतारोही एलनाज रेकाबीको पारिवारिक भिला भत्काइएको बताइएको छ। ३३ वर्षीया रेकाबीले दक्षिण कोरियामा भएको प्रतियोगितामा इरानको अनिवार्य ड्रेस कोड तोडेकी थिइन् । तर, पछि उनले टाउकोको स्कार्फ अनजानमा खसेको बताएकी थिइन् ।

हेडस्कार्फको विरोधले इरानमा प्रदर्शन उग्र बनेको छ । प्रदर्शनकारीले ड्रेस कोड नमान्ने पर्वतारोहीलाई नायकको रूपमा प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा उनको घरको भग्नावशेष र उनले प्राप्त गरेका पदक चौउरमा यत्रतत्र छरिएको अवस्थामा देख्न सकिन्छ । त्यस्तै , उनका भाई ९जो शीर्ष धावकसमेत हुन० रोइरहेको भिडियोमा देख्न सकिन्छ ।

सरकार विरोधी कार्यकर्ताहरूले रेखाबीविरुद्ध सरकारले बदला लिएको भन्दै निन्दा गरेका छन् । उक्त फुटेज कहिले खिचिएको भन्ने केही उल्लेख गरिएको छैन् । उनको घर पूर्ण रुपमा भत्किएको अर्धसरकारी समाचार निकाय तासनिमले जनाएको छ । गैरकानुनी ढंगले घर भत्काइएको उक्त समाचार संस्थाले दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर