नायक सलोन बस्नेत र करिश्मा केसीको मेहेन्दी सेरेमोनी, बिहे र पार्टीको भिडियो लाखौँमा भयो बिक्री — OSNepal

नायक सलोन बस्नेत र करिश्मा केसीको मेहेन्दी सेरेमोनी, बिहे र पार्टीको भिडियो लाखौँमा भयो बिक्री

LC (KTM) December 05, 2022 0

काठमाडौ ।

नायक सलोन बस्नेत र करिश्मा केसीको बिहेको भिडियोको डिजिटल राइट्स १० लाखमा बिक्री भएको छ ।

उनीहरुको बिहेको भिडियोको ३ वटा श्रृङ्खला ओएसआर डिजिटलबाट सार्वजनिक हुनेछ । सलोन र करिश्माको मेहेन्दी सेरेमोनी, बिहे र पार्टीको भिडियोलाई ओएसआरले सार्वजनिक गर्ने गरि डिजिटल राइट्स बिक्री गरिएको हो ।

स्रोतका अनुसार १० लाख एमजीमा यी सबै सामाग्रीको अधिकार बेचिएको हो । साथै, १० लाख एमजीपछि सलोनले ७० प्रतिशत र ओएसआरले ३० प्रतिशत पाउने सहमती पनि भएको पारिवारिक स्रोतले जनाएको छ ।

आमेष भण्डारीको शब्द, संगीत र स्वरमा समावेश ‘राजा रानी’ बोलको गीतको भिडियो पनि ओएसआर डिजिटलबाट सार्वजनिक गरिने भएको छ । जसमा सलोन र करिश्माको बिहे र मेहेन्दी सेरेमोनीका दृश्यहरु रहेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर