बलिउडका अबिबाहित सुपरस्टार कार्तिक आर्यनलाई बिबाह नगर्न आमाको सल्लाह — OSNepal

बलिउडका अबिबाहित सुपरस्टार कार्तिक आर्यनलाई बिबाह नगर्न आमाको सल्लाह

LC (KTM) December 05, 2022 0

कार्तिक आर्यनको ‘भूलभुलैया २’यो वर्षको सबैभन्दा हिट फिल्म हो। यो फिल्मको सफलताले उनको स्टारडममा धेरै गुणा वृद्धि मात्र गरेको छैन, भविष्यका लागि उनको बाटो पनि सहज बनाएको छ। कार्तिकको पछिल्लो फिल्म फ्रेडी भर्खरै ओटीटीमा रिलिज भएको छ। पूर्णताका साथ ग्रे क्यारेक्टर खेलेकोमा उनको प्रशंसा भइरहेको छ।

२०२२ मा ब्लकबस्टर हिट र समीक्षकको मन जित्ने फिल्म दिएका कार्तिकले अहिले एक कुराकानीमा भनेका छन कि यो सफलता पछि धेरै फिल्ममेकरको रोजाइमा नम्बर १ बनेको छ र यो यस्तै रहिरहो स् भन्ने चाहान्छु ।कार्तिकले यसो भन्दैमा आफू अति आत्मविश्वासी लाग्नसक्छ तर यसले प्रेरणा पनि दिएको बताए।

उनले आफ्नो विवाहको योजना र साउथमा फिल्म गर्ने कुरा पनि बताए। कार्तिक हाल देशकै सबैभन्दा योग्य ब्याचलर हुन्। उनका फ्यानहरू प्रायः उनको व्यक्तिगत जीवनमा के भइरहेको छ र उनको विवाहको योजना के छ भनेर जान्न उत्सुक हुन्छन्। कार्तिकले अहिले आफ्नो करियरमा मात्रै ध्यान केन्द्रित गर्ने र बिहेका लागि परिवारबाट कुनै दबाब नरहेको बताए। बरु, उनकी आमाले उनलाई यस विषयमा सल्लाह पनि दिएकी छिन्।

कार्तिकले भने, ‘मेरी आमाले बिबाह गर्नु अघि आगामी ३–४ वर्षसम्म धेरै काम गरेको चाहनुहुन्छ।उहा मेरो ध्यान विभाजित भएको चाहनु हुन्न । म पनि अहिले आफ्नो काममा केन्द्रित छु। धन्यबाद, अहिले उनीहरूको तर्फबाट कुनै दबाब छैन।यी सबैको बावजुद, मेरो जीवनमा प्रेमको लागि पक्कै ठाउँ छ। कार्तिक अहिले बलिउडका टपस्टार मध्ये एक हुन् ।

तर उनी आफ्नो सफलता लाई हिन्दी फिल्ममा मात्र सीमित राख्न चाहँदैनन् । आज, जब पान इन्डिया फिल्महरू तीव्ररूपमा चलिरहेका छन्, कार्तिक पनि आफ्नो विकल्पहरू खुला राखेर दौडिरहेका छन्। कार्तिकले भने, ‘म जुनसुकै भाषामा पनि फिल्म गर्न तयार छु तर यो पूर्णरूपमा स्क्रिप्टमा भरपर्छ। तर म तमिल फिल्म गर्न चाहन्छु।ु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर