फिफा विश्वकपमा आज यी खेलहरु हुने खेल — OSNepal

फिफा विश्वकपमा आज यी खेलहरु हुने खेल

LC (KTM) December 06, 2022 0

काठमाडौं, २० मंसिर- कतार फिफा विश्वकप अन्तर्गत मंगलबार दुई खेल आयोजना हुँदैछन् । पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । इजुकेसन सिटी मैदानमा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ ।

राति पौने एक बजे पोर्चुगल र स्विट्जरल्यान्ड आमनेसामने हुनेछन् । खेल लुसेल मैदानमा हुने तालिका छ । दुई खेलका विजेता सेमिफाइनल प्रवेशका लागि खेल्नेछन् ।

यस खेलसँगै प्रिक्वाटरफाइनलका खेल समाप्त हुनेछन् । यसअघि विजयी हुँदै क्रोएसिया, ब्राजिल, नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स र इंग्ल्यान्ड अन्तिम आठमा प्रवेश गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर