प्रेमीका जियासँगै हिँडेका बेला भुवन केसीलाई अनमोलको विबाह कहिले गर्ने भनेर सोधेपछि — OSNepal

प्रेमीका जियासँगै हिँडेका बेला भुवन केसीलाई अनमोलको विबाह कहिले गर्ने भनेर सोधेपछि

LC (KTM) December 06, 2022 0

काठमाडौं । अभिनेता तथा चलचित्र बोर्डका अध्यक्ष भुवन केसीले आफ्नो विबाह समयमा भर पर्ने बताएका छन् ।

केही समय अगाडी अमेरिका भ्रमणको क्रममा अभिनेता भुवन केसीले प्रेमिका जिया केसीसँग छिट्टै विवाह गर्ने भन्ने विषयमा अभिव्यक्ति दिएपछि उनी फेरी एक पटक चर्चामा आएका थिए ।

तर अहिले भने भुवनले अमेरिकामा गरेको कुरा भन्दा फरक तरिकाले जियासँग विवाह समयले बताउने उल्लेख गरेका छन् ।

बुधबार भुवन प्रेमिका जीयासँग अभिनेता सलोन बस्नेतको विवाह पार्टीमा सहभागी हुन पुगेका थिए । मिडियाकर्मीले भूवनलाई जीयासँग कहिले विवाह गर्ने रु भन्ने प्रश्न सोध्न नपाउँदै भुवनले समय आएपछि भन्दै तर्किए ।

मिडियाकर्मीले छोरा अनमोलको विवाहको बिषयमा पनि प्रश्न राख्दा उनले अनमोललाई नै सोध्नु यो उसको ब्यक्तिगत जीवनको प्रश्न हो भनेर मुस्कुराउँदै प्रेमीका जियासँग ब्यस्त बने ।

भुवन र जिया करिब एक दशकदेखि लिभिङ टूगेदरमा छन् । कुनै समय एक अर्कासँगको सम्बन्ध लुकाउने भुवन र जिया विगत केही समयदेखि भने खुलेरै प्रेमलाई व्यक्त गर्न थालेको भएता पनि भुवनले फेरी विबाहकोृ विषयमा पनि कुरा घुमाएर गर्न सुरु गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर