थापाको स्पष्टिकरण : पार्टीमा कुनै बैचारिक र सैद्धान्तिक मतभेद छैन — OSNepal

थापाको स्पष्टिकरण : पार्टीमा कुनै बैचारिक र सैद्धान्तिक मतभेद छैन

LC (KTM) July 02, 2021 0

काठमाडौं १८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले पार्टीमा बैचारिकरसैद्धान्तिक मतभेद नभएको बताएका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जाल मार्फत पार्टीमा केही निष्क्रियता भएपनि त्यसको निराकरण महाधिवेशन पछि हुने बताएका छन् ।

पार्टीको तिनै अध्यक्षबिच पार्टी एकता अक्षुग्ण राख्दै राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने पूर्ण समझदारी रहेको थापाले जनाएका छन् ।

थापाले लेखेका छन्-“राप्रपामा बैचारिकरसैद्धान्तिक मतभेद छैन।केही निष्क्रियता छ,महाधिवेशन पछि त्यसको पनि निराकरण हुन्छ।त्रयअध्यक्ष बिच पार्टी एकता अक्षुग्ण राख्दै राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने पूर्ण समझदारी छ।भोलि बस्ने निर्देशन समिति बैठकले महाधिवेशनको मिति निर्धारण गर्नेछ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर