चितवनमा पहिरोमा परी ज्या न गुमाएका दुईजनाको परिवारलाई आर्थिक सहयोग,तीन जना अझै बेपत्ता — OSNepal

चितवनमा पहिरोमा परी ज्या न गुमाएका दुईजनाको परिवारलाई आर्थिक सहयोग,तीन जना अझै बेपत्ता

LC (KTM) July 02, 2021 0

चितवन, १८ असार – नेपाली कांग्रेस जिल्ला समितिले अविरल वर्षापछि आएको बाढी र पहिरामा परी ज्या न गुमाएका दुईजनाको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठले बिहीबार आएको पहिरामा परी ज्या न गुमाएका दुईजनाको परिवारलाई रु २५ हजारका दरले सहयोग गर्ने बताउनुभयो ।

कालिका नगरपालिका–११ सिद्धिका ज्ञानबहादुर चेपाङ र राप्ती नगरपालिका–१२ पर्खालका मोतीलाल चेपाङको परिवारलाई तत्काल राहतस्वरुप सहयोग गर्ने उहाँले जानकारी दिनुभयो । मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले घटनाप्रति दुःख व्यक्त गर्नुभयो । सिद्धिका ज्ञानबहादुरको परिवारलाई आजै र राप्तीका मोतीलालको परिवारलाई छिट्टै पु¥याइने उहाँले जानकारी दिनुभयो ।

विपद्को समयमा उद्धार र सहयोगमा जुट्नसमेत श्रेष्ठले सबैलाई अपिल गर्नुभयो । पहिरामा परी अझै तीनजना बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा मोतीलालका ३० वर्षीय छोरा कृष्णलाल र बुहारी ३० वर्षीया निशा चेपाङ तथा मोतीलालकी छ वर्षीया नातिनी रहेका छन् । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर