बिहे भोज खाँदा २ सय जनाभन्दा बढी बिरामी भएपछि चितवन गार्डेन रिसोर्टमा रवि लामिछानेको उपस्थितिमा शील गरियो — OSNepal

बिहे भोज खाँदा २ सय जनाभन्दा बढी बिरामी भएपछि चितवन गार्डेन रिसोर्टमा रवि लामिछानेको उपस्थितिमा शील गरियो

LC (KTM) December 14, 2022 0

चितवन – चितवनमा बिहे भोज खाएर दुई जय जनाभन्दा बढी बिरामी परेपछि चितवन गार्डेन रिसोर्टमा शील गरिएको छ ।वाह भोजमा सहभागी भएका २ सय जनाभन्दा बढी एकै पटक बिरामी रिसोर्टमा शील गरिएको हो ।

चितवन क्षेत्र नं।२ का सांसद रवि लामिछानेको उपस्थितिमा रिसोर्टमा शील लगाइएको हो । बिहे भोज खाएकाहरुलाई ज्वरो आउने, पेट दुख्ने, पखाला लाग्ने समस्या भएपछि अस्पताल भर्ना गरिएको छ । नवलपुरको गैंडाकोटबाट भरतपुर जन्ती आएकाहरु यस रिसोर्टमा शुक्रवार बिहे भोज खाएपछि बिरामी परेका थिए ।

बिहे भोज खाएका दुई सयभन्दा बढी बिरामी परेपछि भरतपुर महानगर र जिल्ला प्रशासन कार्यालयले होटलको अनुगमन गरेको थियो । घटना पश्चात भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल,ेले सबै निकायबाट प्रतिवेदन तयार भइरहेको भन्दै दोषी ठहर भए कारबाही गर्ने बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर