छक्का पञ्जाकी अभिनेत्री सुपुष्पाले गरिन् प्रेमीसँग विबाह, तस्विर भाइरल — OSNepal

छक्का पञ्जाकी अभिनेत्री सुपुष्पाले गरिन् प्रेमीसँग विबाह, तस्विर भाइरल

LC (KTM) July 02, 2021 0

काठमाडौं । चलचित्र छक्का पञ्जा, रणवीर लगायतका चलचिमा अभिनय गरेर चर्चा कमाएकी नायिका सुपुष्पा भट्टले प्रेमी रौनक विक्रम कँडेलसँग विबाह गरेकी छिन् ।सुपुष्पाले शुक्रबार राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा निर्माता तथा प्रेमी रौनक विक्रम कँडेलसँग विवाह गरेकी हुन् ।

कोरोनाका कारण वैबाहिक समारोमा दुवै तर्फको सीमित व्यक्ति मात्र सहभागी रहेको थियो । पछिल्ला केही वर्षदेखि प्रेममा रहेको यो जोडीले कोरोना महामारीका बीच बैशाख १५ गते इन्गेजमेन्ट गरेका थिए ।सुपुष्पाका पतिले ‘कबड्डी र मिस्टर झोले’ लगायतका फिल्मको निर्माण गरेका छन् । सुन्दरी नायिका सुपुष्पाले अभिनय गरेको ‘चपली हाइट ३’ प्रर्दशनमा आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर