कलाकार त्रिपाठीको अमेरिकामा देखियो महादेव र लाखे अवतार, दर्शकले रुचाए — OSNepal

कलाकार त्रिपाठीको अमेरिकामा देखियो महादेव र लाखे अवतार, दर्शकले रुचाए

LC (KTM) December 21, 2022 0

काठमाडौंँ । कलाकार महादेव त्रिपाठी भगवान महादेवको रुपमा देखिएका छन् । सोमबार अमेरिकाको डेनभर कोलोराडोमा आयोजित एक सांगीतिक कार्यक्रममा उनले भगवान महादेव लगायत बिभिन्न गेटअपका आफ्नो प्रस्तुति दिएका हुन् ।

द सुनिल पाठक एजेन्सी अल स्टेट इन्सुरेन्स युएसएद्धारा आयोजित ‘फष्ट एनुअल कल्चर गाला २०२२ इभेन्ट नाइटमा’ कलाकार त्रिपाटीले नेपाली महादेव, लाखे र अन्य केही अवतारमा आफुलाई स्टेजमा प्रस्तुत गर्दै दर्शक रोमान्चित बनेका थिए । नेपाली जादुगरको रुपमा चर्चित त्रिपाठीले उक्त अवसरमा जादु कलाको अलवा नृत्य, गायन र कमेडीका समेत पस्किदै दशर्क रिझाए ।

त्रिपाठीको जादुमा दंग परेका दर्शक बिभिन्न गेटपको कमेडीमा भने पेट मिचिमिची हाँसेका थिए । कार्यक्रममा नेपाल चिनाउने उदेश्यले त्रिपाठीले नेपाली झण्डासहित नृत्य समेत देखाएर सबैलाई नचाउन समेत सफल रहे ।

यस अगाडि न्युयोर्क, भर्जेनिया, क्यालिफोनिया, डालस लगायतका स्थानमा ‘सुरसुधा कमेडी शो’ मार्फत बिभिन्न कार्यक्रम गरेका त्रिपाठी बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ, नमस्ते ग्रुपको संयुक्त आयोजना ‘सुरसुधा कमेडी शो’ का लागि केही अगाडि अमेरिका पुगेका थिए ।

‘फष्ट एनुअल कल्चर गाला २०२२ इभेन्ट नाइट’को आयोजकमा सुनिल पाठक र नवराज श्रेष्ठ रहेका छन् । कलाकार त्रिपाठीले अमेरिकाको बिभिन्न स्थानमा अझै कार्यक्रम गर्नेछन् । कलाकार त्रिपाठीलाई नेपालबाट अमेरिका कार्यक्रमका लागि मनासुलु कलेजले पठाएको हो । कार्यक्रममा त्रिपाठीले कलेजको ब्यानर समेत प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर