करेन्ट लगाएर श्रीमतीको हत्या गर्ने श्रीमान् समातिए — OSNepal

करेन्ट लगाएर श्रीमतीको हत्या गर्ने श्रीमान् समातिए

LC (KTM) December 21, 2022 0

काठमाडौं, ६ पुस:करेन्ट लगाएर श्रीमतीको हत्या गरेको आरोपमा पर्सामा प्रहरीले श्रीमान‍्लाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ जैसौलीमा श्रीमती रिंकुकुमारी दासको हत्या गरेको आरोपमा श्रीमान् कुशलकुमार दास पक्राउ परेका हुन् ।

कुशलले श्रीमतीलाई करेन्ट लगाएर हत्या गरेपछि गाडीले किचेर ज्यान गएको देखाउनका लागि भाइ भरत दासलाई बोलाएर मृतक रिंकुको शरीरमाथि पिकअप गाडी गुडाउन लगाएका थिए ।

घटनामा प्रयोग भएको ना३च ६२४७ नम्बरको गाडी आरोपीले लुकाएको र खोजी गरेर गाडी भेटिएको पनि प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर