अनुपस्थित १७ जना सांसदको सपथ कहिले हुन्छ ? को - को हुन् पहिलो दिन नै अनुपस्थित हुने सांसदहरु ? — OSNepal

अनुपस्थित १७ जना सांसदको सपथ कहिले हुन्छ ? को – को हुन् पहिलो दिन नै अनुपस्थित हुने सांसदहरु ?

LC (KTM) December 22, 2022 0

काठमाडौं । प्रतिनिधि सभाको पहिलो दिन आज ।

संसद भवनमा उपस्थिति सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सपथ गराउँदा १७ जना सांसद सपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार १७ जना अनुपस्थिति भएका हुन् र उनीहरुको सपथ पछि हुने छ ।

यो पनि : प्रतिनिधिसभा सदस्यले लिए शपथ : काठमाडौं, ७ पुस । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयता शपथ लिएका छन् ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

प्रतिनिधिसभामा २७५ सदस्य रहेका छन् । उनीहरुले नेपालीसहित मातृभाषामा पनि शपथ लिएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राणालाई पद तथा गाेपनीयताकाे शपथ गराएकी थिइन् ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले संसद बैठक सञ्चालन र संसदीय दलको कार्यालयबारे जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर