.महासंघकाे साधारणसभामा ६०० पत्रकार सहभागी — OSNepal

.महासंघकाे साधारणसभामा ६०० पत्रकार सहभागी

LC (KTM) December 23, 2022 0

सुर्खेत, ८ पुस । नेपाल पत्रकार महासंघकाे केन्द्रीय साधारणसभा कर्णालीकाे राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सभाका उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरु सहभागी भएका छन्।साधारणसभा आज र भाेलि हुनेछ। राष्ट्रपति भण्डारीसहित नेकपा एमालेका महासचिव शंकर पाेखरेल, नेकपा माओवादीका कृष्ण महरालगायतका नेताहरू सहभागी भएका छन्।

यो पनि : राष्ट्रपति भण्डारी सुर्खेतमा :काठमाडौं, ८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेतमा छिन् । शुक्रबारबाट सुरु भएको पत्रकार महासंघको केन्द्रीय साधारणसभामा सहभागी हुन राष्ट्रपति भण्डारी सुर्खेत आइपुगेकी हुन् ।

जारी साधारणसभामा राष्ट्रपति भण्डारीसहित एमाले महासचिव शंकर पोखरेल, माओवादी प्रवक्ता कृष्णबहादुर महरासहित विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी छन् ।

उनीहरुले साधारणसभाको सफलताको शुभकामना दिन सुर्खेत पुगेका हुन् । साथै साधारणसभामा सहभागी हुने देशभरबाट पत्रकार सुर्खेत पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर