अमेरिकी डलर स्थिर, यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर — OSNepal

अमेरिकी डलर स्थिर, यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर

LC (KTM) December 26, 2022 0

काठमाडौं, ११ पुस:नेपाल राष्ट्र बैँकले साेमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर स्थिर छ । अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ २८ पैसा र बिक्रीमा १३२ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिद १४० रुपैयाँ ४३ पैसा र बिक्रीमा १४१ रुपैयाँ ४ पैसा तोकिएको छ । अघिल्लो दिन भने यसको खरिद १४० रुपैयाँ ३९ पैसा र बिक्री १४१ रुपैयाँ ३ पैसामा भैरहेको थियो ।

अष्ट्रेलियन डलरमा २७ पैसाले वृद्धि भएको छ । अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ८७ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ २७ पैसा तोकिएको छ ।

साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ १८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३४ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २८ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ८९ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ३ पैसा रहेको छ ।

साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ३३ पैसा र बिक्रीमा १० रुपैयाँ ३७ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९५ पैसा र बिक्रीमा १७ रुपैयाँ ३ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ९३ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ८९ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ८८ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ४७ पैसा नेपाल राष्ट्र बैंकले सार्वजनिक विवरणमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर