सहुलियतपूर्ण कर्जा पाउनेमा शिक्षित युवा र दलितको संख्या १ प्रतिशत मात्रै — OSNepal

सहुलियतपूर्ण कर्जा पाउनेमा शिक्षित युवा र दलितको संख्या १ प्रतिशत मात्रै

LC (KTM) December 28, 2022 0

काठमाडौं, पुस १३ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले सहुलियतपूर्ण कर्जा लिनेहरूमा विदेशबाट फर्केका, शिक्षित युवा र दलित समुदायका युवाको सहभागिता नगन्य देखाएको छ ।
लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङ जिल्लामा केन्द्रित भइ गरिएको अध्ययनले सबैभन्दा बढी महिला उद्यमशिलता र कृषि तथा पशुपन्छी पालन व्यवसायमा करीब ९९ प्रतिशत कर्जा गएको देखाएको छ ।

२०७८ कात्तिक सम्म १ लाख ३३ हजार ९३० जना ऋणीले २ खर्ब ३७ अर्ब ८२ करोड ८५ लाख रुपैयाँ बढी सहुलियतपूर्ण कर्ज लिएका छन् । त्यो मध्ये बाँके, बर्दिया र दाङमा ५ हजार ७२९ ऋणीले सहुलियतपूर्ण कर्जा लिएको अध्ययनले देखाएको छ ।आर्थिक अभियान दैनिकमा खबर छ ।

जसमध्ये बाँकेमा १ हजार ८५८, बर्दियामा १ हजार ३२२ र सबैभन्दा बढी दाङमा २ हजार ५४९ व्यक्तिले सहुलियतपूर्ण कर्जा लिएको देखिन्छ । यसमध्ये व्यवसायिक कृषि तथा पशुपन्छी पालन कर्जा र महिला उद्यमशिल कर्जा लिनेको संख्या करीब ९९ प्रतिशत रहेको छ । यसमा क्रमश २ हजार ४९३ र ३ हजार १६५ जनाले कर्जा लिएका छन् ।

दलित समुदाय व्यवसाय कर्जा लिनेको संख्या पनि ४१ जना मात्रै छ । विदेशबाट फर्केका युवा परियोजना कर्जा लिने १४ जना, शिक्षित युवा स्वरोजगार कर्जा लिने ११ जना र उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा लिने जम्मा ५ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर