अर्थतन्त्रलाई सावधानीपूर्वक लयमा फर्काउँछु : अर्थमन्त्री पौडेल — OSNepal

अर्थतन्त्रलाई सावधानीपूर्वक लयमा फर्काउँछु : अर्थमन्त्री पौडेल

LC (KTM) December 28, 2022 0

काठमाडौँ-नवगठित सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्र काबुभन्दा बाहिर गइनसकेको र यसलाई दिगो वृद्धिको बाटोमा लैजानका लागि प्रयास गर्ने बताउनुभएको छ ।

बुधबार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को कार्यसमितिसँगको भेटमा मन्त्री पौडेलले भन्नुभयो, “अर्थतन्त्रको स्थिति काबु बाहिर पुग्यो भन्ने होइन । समस्या धेरै छन् । यद्यपि, सावधानीपूर्वक अघि बढ्यौँ भने हामीले चाँडै सुधार गर्न सक्छौँ ।”

आफू सरकार बाहिर हुँदा पनि मुलुकको अर्थतन्त्रको अवस्थालाई मिहिनरुपले हेर्ने गरेको उहाँको भनाइ छ । “म बाहिर बसेर पनि अर्थतन्त्रलाई हेरिरहेको थिए र अहिले सरकारमा बसेर विभिन्न क्षेत्रका सुझाव लिइरहेको छु । बाहिर बसेर हेर्दा र भित्र बसेर हेर्दा अलि फरक पर्ने रहेछ । त्यसको महसुस मैले पनि गरिरहेको छु ।” पौडेलले भन्नुभयो । अहिले सबैको सरोकार अर्थतन्त्रलाई ठीक ठाउँमा ल्याउनु भएकाले समस्यालाई ठीक ढङ्गले चिन्ने र यसको उपयुक्त समाधानको खोजी गर्नुपर्ने मन्त्री पौडेलको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर