अर्थमन्त्रीलाई १५ दिनको समय दिएर आन्दोलन स्थगित — OSNepal

अर्थमन्त्रीलाई १५ दिनको समय दिएर आन्दोलन स्थगित

LC (KTM) December 29, 2022 0

काठमाडौं, पुस १४ । नयाँ सरकारमा अर्थमन्त्री विष्णु पौडेलले उद्योगी-व्यवसायीले राखेका माग सम्बोधन गर्न १५ दिनको समय मागेपछि निजी क्षेत्रले आन्दोलन स्थगित गरेको छ ।

ब्याजदर घटाउनुपर्ने तथा चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन स्थगित गर्नुपर्ने मुख्य माग राखेर दुई महिनादेखि निजी क्षेत्र आन्दोलनमा उत्रिएको थियो ।

आन्दोलनरत व्यवसायी र अर्थमन्त्री पौडेलबीच बुधबार सिहंदरबारमा वार्ता भएको थियो । त्यसक्रममा अर्थमन्त्री पौडेलले समस्या सामाधानका लागि पुस २८ सम्मको समय मागेको भन्दै व्यवसायीहरुले त्यसबेलासम्मका लागि आन्दोलन स्थगित गरेको बताए । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

अर्थमन्त्रीको सकारात्मक आश्वासनपछि निजी क्षेत्रको आन्दोलन स्थगित भएको नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले जानकारी दिइन् ।

उनका अनुसार उद्योगी व्यवसायीको माग पूरा गर्ने प्रतिबद्धतासँगै विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अगुवाइमा हुँदै आएको आन्दोलनका कार्यक्रम स्थगित भएका छन् । राणा अर्थमन्त्रीसँगको वार्तामा सहभागी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर