वैज्ञानिक संस्कारको विकास गर्दै खोज तथा अनुसन्धानमा सक्रिय विद्यार्थीलाई प्रोत्साहन गर्न ‘आविष्कार केन्द्र’ स्थापना — OSNepal

वैज्ञानिक संस्कारको विकास गर्दै खोज तथा अनुसन्धानमा सक्रिय विद्यार्थीलाई प्रोत्साहन गर्न ‘आविष्कार केन्द्र’ स्थापना

LC (KTM) December 30, 2022 0

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ मा रहेको घ्याङ्फेदी माध्यमिक विद्यालयका विद्यार्थीले ‘घ्याङ्फेदी आविष्कार केन्द्र’को स्थापना गरेका छन् ।

घ्याङ्फेदी मावि अध्ययनरत विद्यार्थीले विज्ञानको नवप्रवद्र्धन तथा नवन आविष्कारको लागि केन्द्रको स्थापना गरेको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर स्याङ्ताङले जानकारी दिनुभयो । उहाँको अनुसार यसअघि विद्यालयको समन्वय तथा विद्यार्थीको स्वःस्फूर्तरुपमा वैज्ञानिक आविष्कार हुँदै आएकाले विद्यालयमार्फत संस्थागत व्यवस्थापन गर्न केन्द्र स्थापना गरिएको हो ।

“वैज्ञानिक संस्कारको विकास गर्दै खोज तथा अनुसन्धानमा सक्रिय विद्यार्थीलाई प्रोत्साहन गर्न केन्द्र निर्माण गरिएको हो ।” उहाँले भन्नुभयो, “केन्द्रमार्फत नवप्रवद्र्धक विद्यार्थीलाई आवश्यक उपकरण, वैज्ञानिक जानकारी तथा परामर्श उपलब्ध गराइने छ ।” विद्यालयमा अध्ययनरत विद्यार्थीले आविष्कार गर्ने उपकरण तथा प्रविधिलाई समावेश गरेर छिट्टै विज्ञान प्रदर्शनी गर्ने योजना रहेको सहयोगी संस्था आधार डेभलपमेन्टका राष्ट्रिय निर्देशक प्रह्लाद ढकालले बताउनुभयो ।

जिल्लामा गएको साता भएको माध्यमिक तह जिल्लास्तरीय विज्ञान प्रदर्शनीमा उक्त विद्यालय तेस्रो भएको थियो । बाढी आउँदा र भूकम्प जाँदा पूर्वजानकारी दिने उपकरण बनाएर तेस्रो भएका विद्यार्थीले स्थानीय स्रोत र साधनको उपभोग, स्थानीय क्षेत्रको लागि आवश्यक थप एक दर्जन उपकरण आविष्कार गरिरहेकाले पालिकाको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने गाँउपालिका अध्यक्ष शङ्कर थापाले प्रतिबद्धता जनाउनुभयो ।

घ्याङ्फेदी विद्यालयमा दश जोड दुईतर्फ विज्ञान सङ्काय र माध्यमिक तहको कक्षा ९ र १० मा कानुन विषय अध्यापन गराउन आधार डेभलपमेन्टले आर्थिक र प्राविधिक सहयोग पु¥याउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर