दयाहाङ राईसँग जोडी बाध्दै मिरुना मगर — OSNepal

दयाहाङ राईसँग जोडी बाध्दै मिरुना मगर

LC (KTM) December 30, 2022 0

काठमाडौं, १५ पुस:फिल्म ‘२ नम्बरी’ निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म ‘नांगो गाउँ’को निर्माण घोषणा गरेका छन् । लामाकै लेखन तथा निर्देशनमा निर्माण हुने फिल्ममा दयाहाङ राई र मिरुना मगर अनुबन्धित भएका छन् ।

मनिष्मा फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । फिल्ममा जय श्रेष्ठको लगानी रहनेछ । मिरुना र दयाले यसअघि यो वर्षको ब्लक बस्टर फिल्म ‘कबड्डी ४’मा अभिनय गरेका थिए ।

निर्देशक लामाका अनुसार फिल्ममा अन्य कलाकार छनोट चरणमा छन् । उनले फिल्ममा दयासँगै अर्का एकजना अभिनेताको पनि मुख्य भूमिका रहने खुलाए । राजनीतिक कथावस्तुमा आधारित फिल्मको छायांकन चैतबाट सुरु हुनेछ ।

‘यो फिल्ममा हामीले मानव जातिको लाचारीपना, निर्लज्जता र ढोंगप्रति कडा ब्यंग्य गर्ने तयारी गरेका छौं । फिल्ममा दर्शकले हाँस्यरस, प्रेम र कारुणिकताको पनि आनन्द लिन पाउनेछन्,’ उनले भने ।

लामाले यसअघि घामपानी, गोपी, छ माया छपक्कै र २ नम्बरी जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर